काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारतमा अहिले लकडाउनको अवस्था छ । जसका कारण दुबै देशका नागरिकलाई अहिले अत्यावश्यक बाहेक हिँडडुलमा बन्देज लगाइएको छ ।
स्थलमार्गमा रहेका सीमामा दुबै देशका सुरक्षाकर्मीले कडाइ गरेपछि अहिले भारतमा विभिन्न कामका लागि गएका नेपालीहरु भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।
यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।