Logo

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय



काठमाडौं । सरकारले आगामी ८ दिनका लागि थप लकडाउनको घोषणा गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

आईतबार कोरोना सम्बन्धी उच्चस्तरिय समन्वय समितिले यसको म्याद थप्ने निर्णय गरेपनि कतिदिन थप्ने भन्न कुरा उल्लेख गरेको थिएन ।

तर मन्त्रीपरिषद बैठकले चैत २५ गतेसम्मका लागि म्याद थप्ने निर्णय गरेको हो । चालु लकडाउन भने मंगलबार विहान ६ बजेसम्मको छ ।

त्यसपश्चात थप लकडाउन लागु हुनेछ । पछिल्लो समय विश्वभर तथा नेपालमा पनि यसको प्रकोपको खतरा बढेपछि सरकारले यस्तो निर्णय गेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL