Logo

भूकम्प पिडितका लागि टाटा ट्रष्टको भान्छाघर, ३ महिनासम्म सञ्चालन गरिने

भूकम्प पिडितका लागि टाटा ट्रष्टको भान्छाघर, ३ महिनासम्म सञ्चालन गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ साउन,काठमाडौं ।  टाटा ट्रष्टले भुकम्प पिडितहका लागि बनाएको सामुदायिक भान्छाघरको नेपालका लागि भारतका राजदूत रन्जित रेले अवलोकन गरेका छन् ।

टाटाले भक्तपुरको  सूर्यविनायक शुभकामना पार्टी प्यालेसमा रहेको केन्द्रिकृत भान्छाको अवलोकन गरेका हुन् । सो अवसरमा उनले भुकम्पबाट प्रभावितहरुका लागि दिनहुँ हजारौं खानाको व्यवस्था गर्नु आफैमा अतुलनीय कार्य भएको उनले बताए । ‘यो कार्यलाई सम्भव बनाउनमा च्यारिटि संस्थाहरु, निजी संघ संस्थाहरु र सरकारको महत्वपूर्ण भूमिका रहेको छ’ उनले भने ।

टाटा ट्रष्टले राहत र सहायताको क्षेत्र विस्तार गर्ने क्रममा गरेर काठमाडौं, भक्तपुर र ललितपुरका भुकम्प पिडितहरुलाई सेवा प्रदान गर्न भान्छाघर स्थापना गरेको हो । अक्षय पत्र फाउण्डेसन, भारत र सिप्रदीयन सहायता संस्था, नेपालसँगको सहकार्यमा ट्रष्टले यो आयोजना संचालन गरेको हो ।

यो भान्छाघरले १९ जुन, २०१५ देखि खाना वितरण गर्न शुरु गरेको थियो  ।  करिब १८ हजार  ताजा खानाहरु हरेक दिन तयार पार्ने गरेको छ । करिब ३० किलोमिटर वर्गाकारको क्षेत्रफल र १२ खाना खाने स्थलहरु यहाँ रहेका छन् ।
भान्छाघरको व्यवस्थापन र वितरण कार्यमा टाटा ट्रष्ट टिमले सिप्रदीयन संस्थानसँगको समन्वयमा लिएको छ  । त्यस्तै अक्षय पत्र फाउण्डेसनले  खाना पकाउने र तयारी गर्दै आएको छ ।

यो भान्छा आगामी ६ महिनासम्म संचालन गर्ने लक्ष्य लिइएको छ । सिप्रदी सहायता संस्था टाटा ट्रष्ट र अक्षय पत्र फाउण्डेसनसँग १७ शिवीरहरुमा दिनहुँ खाना वितरण गरेको छ ।

सिप्रदी ट्रेडिङ प्रा.लि.का अध्यक्ष सिद्धार्थ शमसेर जबराले टाटा मोटरले नेपालका भुकम्प पिडितहरुका लागि राहत सामग्री उपलब्ध गराउने कार्यमा स्थानीय साझेदारको रुपमा चयन गरेकोमा खुशी लागेको बताए ।
सो अवसरमा अक्षय पत्र फाउण्डेसनका अध्यक्ष मधु पण्डित दासले टाटा ट्रष्ट र सिप्रदीयन संहायता संस्थानले भुकम्प प्रभावित मानिसहरुलाई राहत वितरण कार्यमा पु¥याएको धन्यबाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL