Logo

कोरोनासम्बन्धी जानकारी चाहियो ? मेडिको नेपालले दिन्छ कोरोनासम्बन्धी सीधा हटलाइन सेवा

कोरोनासम्बन्धी जानकारी चाहियो ? मेडिको नेपालले दिन्छ कोरोनासम्बन्धी सीधा हटलाइन सेवा



काठमाडौं । मेडिको नेपालले (कोभिड १९) स्वस्थ्य सम्वन्धी जानकारी दिन सिधा हटलाईन सेवा संचालनमा ल्याएको छ ।

चीनको हुवान शहरबाट डिसेम्बर अन्तिमदेखि सुरु भएको उक्त कोभिड १९ (कोरोना भाईरस) अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ । उक्त भाईरसको माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट जानकारी दिने उद्देश्यले उक्त हटलाईन सेवा संचालनमा ल्याउने भएको हो ।

मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा जनतालाई उक्त भाईरस सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने बताएको छ । आपतकालिन अवस्थामा घरमा बसीबसी स्वास्थ्यकर्मीहरुसँग सल्लाहा सुझाव लिन सकिने व्यवस्था मिलाइएको मेडिकोले जानकारी दिएको हो । मोबाइल एप्स डाउनलोड गर्न https://bit.ly/2OdL1CG क्लिक गर्नु पर्नेछ ।

त्यसैगरी वेवसाइट र एप्लिकेसनमा कोभिड १९ सम्बन्धी जानकारीहरु जस्तै कोभिड १९ को लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ । साथै उत्तः भाईरसद्धारा संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेटसमेत राखिएको मेडिकोले जानकारी दिएको छ । साथै कुन ठाउँमा अस्पतालको क्षमता के कति छ भनेर समेत जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्