Logo

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीको दोस्रो जाँचमा आयो कोरोना नेगेटिभ रिपोर्ट

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीको दोस्रो जाँचमा आयो कोरोना नेगेटिभ रिपोर्ट



काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित दोश्रो बिरामी १९ वर्षीया नेपाली युवतीको दोस्रो स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले ती युवतीको दोस्रो स्वास्थ्य परीक्षण नेगेटिभ आएको जानकारी दिएका हुन । फ्रान्सबाट फर्किएकी ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत गरेको थियो । उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारारत थिइन ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन्। सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सुख्खा खोकी बढेपछि शुक्रबार ट्रपिकल अस्पतालमा भर्ना भएकी थिइन। उनको रिपोर्ट नेगेटिभ आएपनि १४ दिन चिकित्सकको निगरानीमा रहने अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्