Logo

शुक्रबारसम्म नेपालमा ८ सय २ जनामा कोरोना परीक्षण, ७ सय ९९ जनाको रिपोर्ट नेगेटिभ

शुक्रबारसम्म नेपालमा ८ सय २ जनामा कोरोना परीक्षण, ७ सय ९९ जनाको रिपोर्ट नेगेटिभ



काठमाडौं । कोभिड– १९ (कोरोनाभाइरस) को आशंकामा नेपालमा शुक्रबारसम्म ८ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । विश्वव्यापी महामारीको रूप धारण गरेको कोरोना भाइरस परीक्षणमा हालसम्म ७ सय ९९ जनाको नेगेटिभ रिपोर्ट आएको र ३ जनामा पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तीन जनामा पोजेटिभ रिपोर्ट देखिएकोमा एक जनालाई निको भइसकेको छ भने दुईजना टेकु अस्पतालको आइसोलेसनमा छन् ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती तथा दुबईबाट नेपाल आएका ३२ वर्षीय पुरुष शुक्रारज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् ।

सरकारले कोरोनाको आशंका गरिएका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ । गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरू भएको कोरोनाका कारण मंगलवारसम्म विश्वभर गरेर २४ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ४२ हजार संक्रमित छन्, संक्रममितको संख्या सबैभन्दा धेरै अमेरिकामा ८५ हजार पुग

https://www.facebook.com/mohpnep/videos/203462447756023/

प्रतिक्रिया दिनुहोस्