Logo

मितेरी यातायातको टिकट अनलाइनबाट नै काट्न सकिने , यात्रु ठगिने सम्भावना नरहने

मितेरी यातायातको टिकट अनलाइनबाट नै काट्न सकिने , यात्रु ठगिने सम्भावना नरहने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ साउन,काठमाडौं ।  मितेरी यातायातको टिकट अनलाइनबाट नै काट्न सकिने भएको छ । मितेरीले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था मिलाएको हो ।

पूर्वी नेपालमा यातायात सेवा प्रदान गर्दै आएको मितेरी यातायातबाट यात्रा गर्न चाहनेले घरबाटै वा  नजिकका इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट काट्न टिकट काट्न सक्ने बताइएको छ । अथवा  मितेरी यातायातको वेवसाइट डब्लुडब्लुडब्लु डट मितेरि यातायात डटकम  लग अन गरी टिकट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार  इसेवा एकाउन्ट भएका यात्रुले आफ्नो घरबाट र  इसेवा एकाउन्ट नभएका ग्राहकहरूले इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बस टिकट काट्नका लागि काउन्टरसम्म आउन नपरोस भन्ने उद्देश्यले अनलाइन टिकटिङ सुरु गरिएको मितेरी यातायातका संचालक बिक्की गुरागाईंले बताए । साथै अनलाइनबाट टिकट काट्दा टिकट दोहोरो पर्ने तथा ठगिने सम्भावना नरहने उनले जानकारी दिए ।
मितेरी यातायातले सुरुदेखिनै एसी, डिलक्स् जस्ता उच्च सुविधा भएका गुणस्तरीय यातायातका साधन संचालन गरेको र आफूले पनि विकसित मुलुकमा अनलाइन टिकटिङले निकै सहजता ल्याएको देखेर यो सुविधा सुरु गरीएको उनले बताए ।

अनलाइनबाट टिकट काटेर यात्रुले बिना झन्जट सिधै बस चढ्न सक्नेछन् । अनलाइनबाट टिकट काटी प्रिन्टेड टिकट अथवा यात्रुको मोबाइलमा आएको एसएमएसका आधारमा गाडीमा चढ्न सकिने छ । अनलाइन टिकट काट्दा यात्रुले काउन्टरकै दर रेटमा आफूले चाहेको सिट छानेर काट्न सक्नेछन् ।

हरेक सिट चार्ट अनलाइनमा देखिने हुँदा  सिट लुकाउने तथा दोहोरो टिकट पर्ने संभावना नरहने कम्पनीले जनाएको छ । यसैअवसरमा मितेरी यातायातले अनलाइन टिकटिङमा विशेष छुटटको व्यवस्थासमेत गरेको छ । कम्पनीले अनलाइनमार्फत टिकट काट्ने ग्राहकले १० देखि २० प्रतिशतसम्म छुट पाउने कम्पनीको भनाइ छ ।

हाल मितेरीले ३० वटा अत्याधुनिक किसिमका एसि, डिलक्स बसहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL