Logo

घरघरमा खाध्य सामग्री पुर्याउन गृहको निर्देशन, भाटभटेनीलगायत सुपरमार्केटले थालेकाम (सम्पर्क नम्बर सहित)

घरघरमा खाध्य सामग्री पुर्याउन गृहको निर्देशन, भाटभटेनीलगायत सुपरमार्केटले थालेकाम (सम्पर्क नम्बर सहित)



काठमाडौं । गृह मन्त्रालयले डेलिभरी भ्यान मार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्याउन निर्देशन दिएएको छ । काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर तथा बिक्रेताहरुले आआफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो ।

सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गरेको जानकारी दिएका हुन ।

मन्त्रालयको निर्देशन पछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् डेलिभरीको सेवा सुरु गरेको छ । आवश्यक पर्ने डेलिभरी भ्यान लाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि भाटभटेनीले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्