Logo

चीनबाट कोरोना रोकथाम स्वास्थ उपकरण ल्याउदै चौधरी ग्रुप, सान्जेन र गवान्जाओमा सामान तयारी

चीनबाट कोरोना रोकथाम स्वास्थ उपकरण ल्याउदै चौधरी ग्रुप, सान्जेन र गवान्जाओमा सामान तयारी



काठमाडौं । चौधरी ग्रुपले कोभिड १९ (कोरोना भाईरस) रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण चीनबाट ल्याउने भएको छ ।

उक्त ग्रुपले अबको समस्या पीपीईमात्रै नभई देशभर परीक्षण किट, एन ९५ मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेलरलगायत सामग्रीको अभाव रहेको जानकारी दिएको छ । चीनको सान्जेन, ग्वान्जाओलगायत स्थानमा सामग्री तयारी अवस्थामा रहेकाले ति सामग्री ल्याउन विशेष विमान व्यवस्थापनका लागि सरकारसँग पहल भईरहेको समेत ग्रुपका अध्यक्ष विनोध चौधरीले फेसबुकमार्फत जानकारी दिएका हुन ।

चौधरी ग्रुपले आज बेलुकीसम्ममा बिभिन्न २२ वटा केन्द्रमा सामग्री पुयाईसक्ने गरि काम गरिरहेको समेत जानकारी दिएको छ । साथै अबको दुई तिन दिनमै धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्याउन सक्ने चौधरी ग्रुपको लक्ष्य रहेको छ । ब्यक्तिगत सुरुक्षाका लागि चाहिने (पीपीई)का लागि चौधरी फाउण्डेशनलाई देशभरिका सरकारी र निजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्यचौकी, क्वारेन्टाइन र आइसोलेसन केन्द्र, ब्लड बैंकबाट दिनरात सम्पर्क गरिरहेको भन्दै उक्त सामग्री ल्याउने तयारी भईरहेको चौधरीले जानकारी दिएका हुन ।

‘भारत आफैं कोरोनाविरुद्ध संघर्षण गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन’, चौधरीले भने, ‘तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं ।’ नेपाल पूर्णरुपमा लकडाउनको अवस्थामा रहेपनि सुरक्षा र उपचार सामग्री बोकेका सवारी साधन निर्बाध सञ्चालन हुन नसकिरहेको अवस्थामा समेत चौधरी ग्रुप लागि परेको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्