Logo

को हुन कोरोना संक्रमित ३ जना नेपाली ?

को हुन कोरोना संक्रमित ३ जना नेपाली ?



काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमित तीनजना पुगेका छन् । विश्वभर फैलिएको कोरोना भाईरसका कारण विश्व त्रसित छ । चीनबाट सुरु भएको उक्त भाईरसको नेपालमा पनि प्रकोप बढ्दो छ ।

गत महिनासम्म शुन्य संक्रमित भएको नेपालमा आजसम्म ३ जना संक्रमित पुगेका हुन । तीनजनामध्ये पहिलो व्यक्ति कोरोनाको उद्गमस्थल चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा उनीमा कोरोनाको संक्रमण भेटिएको थियो । त्यसपश्चात उनलाइ आईशोलेसनमा राखिएको थियो ।

नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् । उनी संक्रमित भएको डेढ महिनासम्म कोही संक्रमित नभएको तथ्यांक आयो । तर, यसै हप्ता लगातार दुईजना संक्रमित भेटिएका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । काठमाडौं स्थायी घर भएकी उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि टेकुस्थ्ति शुक्रराज अस्पतालमा पुगेकी थिइन् ।

उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको छ । ती व्यक्तिको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्