Logo

यसकारण आवश्यक थियो लकडाउन, कोरोना नियन्त्रणमा यसरी सहयोग गर्छ लकडाउनले !

यसकारण आवश्यक थियो लकडाउन, कोरोना नियन्त्रणमा यसरी सहयोग गर्छ लकडाउनले !



काठमाडौं । एकहप्ते नेपाल लकडाउनको आज दोस्रो दिन, आज पनि काठमाडौंलगायत नेपाल नै सुनसान छ । विश्वभर फैलिएको महामारीका कारण हाल बेलायत, अमेरिका, युरोपलगायत ठुला देशहरुले समेत लकडाउनको घोषणा गरेका छन ।

यस्तै हाम्रै छिमेकी देश भारतले समेत २१ दिनका लागि लकडाउनको घोषणा गरेको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर समेत ननिस्कन निर्देशन दिईएको छ ।

वैज्ञानिकहरु कोरोना भाईरसविरुद्धको भ्याक्सिन बनाउन व्यस्त छन तर, यसको समाधान भने हालसम्म पत्ता लागिसकेको छैन । वैज्ञानिकहरुले भ्याक्सिन नबन्दासम्म यो महामारीबाट जोगिन सामाजिक दूरी बनाईराख्नु नै उत्तम उपाय भएको बताईरहेका छन । यस्तै सकेसम्म केही सामान साटासाट अर्थात लिनेदिने काम पनि पूर्ण रुपमा बन्द गर्न आग्रह गरिरहेका छन ।

तर लकडाउनले भने कसरी कोरोना भाईरसको नियन्त्रणमा सहयोग गर्छ त रु र किन सबै समुहका मानिसहरुलाई लकडाउनको आवश्यकता छ रु

लण्डनको ईम्पेरियल कलेजको कोरोना रेस्पोन्स टोलीले हालै गरेको नयाँ अध्ययन अनुसार लकडाउनको मतलब कोरोनाको उत्पादन नै कम गर्नु हो अर्थात अर्काे शब्दमा भन्दा यसको नियन्त्रण हो । लकडाउनका कारण कोरोनाबाट ग्रसित मान्छेबाट अर्को मान्छेमा यो रोग सर्ने प्रक्रियालाई केही हदसम्म कम गर्न सकिन्छ ।

अध्ययनका अनुसार यसले पूर्ण रुपमा कोरोनालाई नियन्त्रण गर्ने भन्दा पनि यसको फैलावटलाई भने केही हदसम्म कम गर्ने भएकाले यो सिद्धान्त विभिन्न देशमा प्रयोग गरिएको हो । यसले घरभित्रैका मानिसहरुलाई केही अप्ठ्यारो पर्ने भपनि समाजमा भने त्यति चाँडै फैलन पाउँदैन ।

यस्तै लकडाउनले यसका विरामीहरुको संख्यामा कमी ल्याउन पनि उत्तिकै मद्दत पुर्याईरहेको वैज्ञानिकहरु बताउँछन । विद्यालय तथा विश्वविद्यालयहरु बन्द गर्नाले र मानिसहरु भेला हुने क्रममा कमि ल्याउनाले यसको नियन्त्रणमा ठुलो मद्धत पुग्छ ।

अमेरिका तथा बेलायतमा लकडाउन नगरिएको भए कोरोना भाईरसकै कारण मर्नेहरुको संख्यामा ८१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गर्न सकिन्छ । यसरी तुलना गर्दा बेलायतमा मात्रै मर्नेहरुको संख्या ५ लाख १० हजार र अमेरिकामा २२ लाख पुग्ने अनुमान गर्न सकिन्छ । लकडाउन पछि उक्त क्षेत्रमा कोरोना भाईरसको फैलावट २ तिहाईले कमि आएको छ भने मर्नेको संख्या रोकिएजस्तै भएको छ ।

लकडाउनलाई कोरोना भाईरसविरुद्धको प्राथमिक उपचारका रुपमा पनि लिन सकिने वैज्ञानिकहरुले उल्लेख गरेका छन ।

गत जनवरी २३ तारिखमा चिनियाँ सरकारले हुवेई प्रान्तमा लकडाउनको घोषणा गर्यो । खाना र औषधिबाहेकका सबै विद्यालय, कलेज, विश्वविद्यालय, सार्वजनिक यातायात, पसल बन्द गरिए । मानिसहरु एक ठाउँबाट अर्को स्थानमा जान समेत असमर्थ भए ।

समग्रमा भन्दा हुवेई प्रान्तमा बसोबास गर्ने १ करोड १० लाख मानिसहरु प्रभावित भए । यस्तै स्थानीयबासीलाई समेत अत्यावश्यक बस्तुको सिमित भण्डारण गर्न निर्देशन दिईयो ।

धेरै ठुलो संख्याका मानिसहरुमा लकडाउनले ठुलो असर पारेपनि यसले कोरोना भाईरसको नियन्त्रणमा भने ठुलो सहयोग गर्यो । विस्तारै यसको प्रकोप नियन्त्रणमा आयो, विरामी घटे भने मर्नहरुको संख्यामा पनि कमी आयो ।

यस्तै पछिल्लो समय ईटाली र स्पेनले समे त्यही समस्या भोगिरहेका छन । उनिहरुले पनि गत मार्च ९ देखि आफ्ना नागरिकहरुलाई खाना र औषधिका लागि बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएका छन ।

ईटालीका कतिपय छिट्टै लकडाउन गरिएका सहरहरुमा यसको प्रकोपको फैलावटमा कमी आएको छ भने अटेर गरेर पछिसम्म पनि लकडान नगर्ने सहरमा पनि विरामी र ज्यान गुमाउनेहरुको संख्यामा बढोत्तरी भईरहेको छ ।

नेपालमा हालसम्म २ जनामा देखिएको उक्त भाईरसको संक्रमणको रोकथामका लागि सरकारले नेपाल लकडाउन गरेको छ । छिमेकी देश भारतमा दिनानुदिन १२ जनाको मृत्यु भईरहेको खण्डमा नेपालले सबै सिमानाका बन्द गर्नु र लकडाउनको घोषणा गर्नु सह्रानीय पनि छ । तर सर्वसाधारणले नै यसको रोकथामका लागि सरकारका कदमहरुलाई उचित ढंगले पालना गर्नु उत्तम रहन्छ ।

प्रतिक्रिया दिनुहोस्