Logo

लकडाउन उल्लङ्घन गर्ने २१० सवारी साधन प्रहरी नियन्त्रणमा

लकडाउन उल्लङ्घन गर्ने २१० सवारी साधन प्रहरी नियन्त्रणमा


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लङ्घन गर्ने २१० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिकाका विभिन्न स्थानहरुमा लकडाउन उलङघन गर्ने ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरका अनुसार बिहान ७ बजे देखि दिनको १ बजेसम्ममा जिल्लामा लकडाउन उल्लङघन गर्ने २१० सवारी साधन नियन्त्रणमा लिइसकिएको छ ।

लकडाउन उलङघन गर्ने सवारीका साधनमा १८० मोटरसाइकल र बाँकी ट्रक ,टेम्पो ,सुमो र ट्र्याक्टर रहेको प्रहरीले बताएको छ । लकडाउन उल्लङ्घन गर्ने सम्पूर्ण सवारी साधन एकहप्तासम्म प्रहरी नियन्त्रणमा रहने पनि प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्