Logo

एकैदिन भेटिए ४१ हजार कोरोना भाईरस संक्रमित, मर्नेको संख्या १७ हजार नाघ्यो

एकैदिन भेटिए ४१ हजार कोरोना भाईरस संक्रमित, मर्नेको संख्या १७ हजार नाघ्यो



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण आज एकै दिनमा ४१ हजार ३३२ जना नयाँ संक्रमित भेटिएको छ । विश्व भर फैलिएको कोरोना भाईरस पछिल्लो १ दिनमा ४१ हजारभन्दा बढी नयाँ व्यक्तिमा संक्रमण फैलिएको लाईभ अपडेट गरिरहेको ओरल्डोमिटर्सले जानकारी दिएको छ ।

त्यस्तै तथ्याङ्क अनुसार एकै दिनमा मृत्यु हुनेको संख्या भने १ हजार ८ सय ७५ जना रहेको छ । हाल उक्त भाईरसका कारण ज्यान गुमाउनेको कुल संख्या भने १७ हजार १ सय ३८ जना पुगिसकेको छ । तथ्याङ्क अनुसार संक्रमित पछि १ लाख २ हजार ८ सय ५० जना उपचार पछि घर फर्किसकेका छन ।

उक्त भाईरसका कारण हाल विश्वमा ३ लाख ९२ हजार १ सय ५९ जनामा संक्रमित देखिएका छन भने उक्त भाईरस अहिले विश्वका १ सय ९६ देशमा फैलिसकेको तथ्याङ्कमा उल्लेख छ । सबै भन्दा बढी संक्रमित चीनमा ८१ हजार १७१, इटालीमा ६३ हजार ९२७, अमेरिकामा ४६ हजार १६८, स्पेनमा ३९ हजार ६७३, जर्मनिमा ३० हजार १५०, इरानमा २४ हजार ८११, फ्रान्समा १९ हजार ८५६, स्वीजरल्याण्डमा ९ हजार ११७ जना रहेको छ ।

संक्रमितहुने देशहरु भने दक्षिण कोरीया, बेलायत, अष्ट्रिया, नेदरल्याण्ड, बेलजियम, नर्वे, अष्ट्रेलिया, क्यानाडा, पोर्चुगल, स्वीडेन, ब्राजिल, इजरायल, मलेसिया, डेनमार्क, टर्कि, जापान, आयरल्याण्ड, इक्वडरलगायतका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्