Logo

गौरीफन्टा नाकामा अलपत्र नेपालीलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय, सम्बन्धित जिल्लाले नै आइसोलेसनमा राख्ने

गौरीफन्टा नाकामा अलपत्र नेपालीलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय, सम्बन्धित जिल्लाले नै आइसोलेसनमा राख्ने



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा केहीबेर अघि सम्पन्न बैठकले त्रिनगर नाकाको दशगजा क्षेत्रमा रोकिएका नेपालीहरुको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा पठाउने निर्णय गरेको हो।

पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दशगजामा रहेका नेपालीहरुलाई आ–आफ्नो स्थानमा पुर्यार्उन प्रदेश सरकारले बसको व्यवस्था गर्ने जानकारी दिए।

उनले भने, ‘उनीहरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मा लगाइने छ। प्रजिअ तथा सम्बन्धित स्थानीय तहहरुले नै आफ्नो क्षेत्रमा आइसोलेसनमा राख्ने छन्।’

उनले अहिलेसम्म नाकामा कैलाली, कञ्चनपुर, अछाम, डोटी लगायतका १९ जिल्लाका नेपालीहरु रहेका छन्। नाकामा भारतको बैंगलोर, मुम्बई, दिल्ली लगायतका स्थानमा काम गरिरहेका नेपालीहरु सोमबारदेखि अल्पत्र अवस्थामा रहेका छन्।

अहिले पनि भारतका अन्य स्थानमा यस क्षेत्रका नेपालीहरु आउने क्रम जारी रहेको छ। नेपालीहरु सोमबार बेलुकादेखि नै दशगजा क्षेत्रमा रहेका छन्। मंगलबार बिहान रातिदेखि सीमा कुरेर बसेका नेपालीहरु र प्रहरीबीच झडपसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL