Logo

२ हजारथान माक्स उत्पादन गर्दै दरबार टेलरिङ, बजार मूल्य प्रतिगोटा २० रुपैयाँ

२ हजारथान माक्स उत्पादन गर्दै दरबार टेलरिङ, बजार मूल्य प्रतिगोटा २० रुपैयाँ



काठमाडौं । जिल्लामा नै माक्सको अभाव भए पछि सुट दरबार टेलरिङ सेन्टरले २ हजार थान माक्स बजारमा ल्याउने भएको छ । कोभिड १९ (कोरोना भाईरस) का कारण बजारमा माक्स अभाव भए पछि नुवाकोट विदुर नगरपालिका बट्टारमा रहेको उक्त टेलरिङ सेन्टरले २ हजार थान माक्स उत्पादन थालेको हो ।

सेन्टरले पुनप्रयोग गर्न सक्ने माक्स उत्पादनको तयारी थालेको संचालक पूर्णमान कुमार श्रेष्ठले जानकारी दिएका छन । ‘लक डाउन’मा समयलाई सामाजिक तथा उत्पादनमूलक कार्यमा व्यतित गर्दै बजारमा अभाव भइरहेको मास्क उत्पादनमा लागेको श्रेष्ठको भनाई छ ।

मास्क बजारमा आएपछि सो क्षेत्रका स्थानीयबासीले केही राहत पाउने श्रेष्ठले बताए । बजारमा अभाव रहेको मास्कको अभावलाई सहज गराउन मास्क उत्पादन थालेको सेन्टरले प्रतिगोटा २० रुपैयाँमा बिक्री गर्ने भएको छ । सो क्षेत्रमा माक्सको अभावमा प्रतिगोटा ७० रुपैंयाँ सम्म पुगेको श्रेष्ठले बताए ।

केहि दिन अघिमात्रै सो क्षेत्रका युवाहरुले १ सय लिटरको सेनिटाईजर उत्पादन गरि पन्चकन्या गाउँपालिका र स्थानीय बजारमा बिक्री गरेको समेत उनले जानकारी दिएका छन । बजारको माग अनुसार थप २५ लिटरको सेनिटाईजर उत्पादन गरी बिक्रीको तयार गरिएको समेत उनले बताए । १०० मिलिलिटरको पचास, २०० को १ सय र ५ सय मिलिलटरको ३ सय रुपैँयाँ मुल्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्