Logo

लकडाउन पालना गराउन प्रहरी कडा बन्दै, उल्लंंघन गर्ने १० जना चितवनबाट पक्राउ

लकडाउन पालना गराउन प्रहरी कडा बन्दै, उल्लंंघन गर्ने १० जना चितवनबाट पक्राउ



काठमाडौं । एकहप्ते लकडाउनको पहिलो दिन आज लकडाउन उल्लंघन गर्ने १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले जारी गरेको नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्किएका १० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको हो।

चितवनका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए। उनले सरकारको निर्देशन अवज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहान ६ बजेदेखि चैत १८ गतेसम्मलाई सरकारले देशभर लक डाउन गरेको छ। तर लकडाउनको प्रवाह नगरी मानिसहरु सडकमा निस्किन थालेपछि प्रहरीले धरपकड थालेको हो। मानिसहरु रमिता हेर्न भन्दै सडकमा निस्किरहेका छन्।

प्रहरीले केहीलाई सम्झाइरहेको छ। तर अटेरी गर्नेलाई हिरातमा लिएको हो। लकडाउनका क्रममा देशभर सडक र बजार बन्द छन्। सडकमा उत्रिएका प्रहरीको आँखा छलेर मानिसहरु सडकमा निस्किरहेका छन् । के छ व्यवस्था सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ।

सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ। त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्