Logo

लकडाउन प्रभाव : दोलखामा लकडाउन उल्लंघन गर्ने १५ सवारी प्रहरी नियन्त्रणमा

लकडाउन प्रभाव : दोलखामा लकडाउन उल्लंघन गर्ने १५ सवारी प्रहरी नियन्त्रणमा



काठमाडौं । सरकारले आजदेखि गरेका नेपाल लकडाउनको उल्लंघन गर्ने १५ ओटा गाडीलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको । दोलखा प्रहरीका अनुसार उनीहरुलाई सदरमुकाम चरिकोटबाट नियन्त्रणमा लिएको हो । प्रहरी प्रमुख रेवति रमणका अनुसार जिल्लाको अन्यक्षेत्रबाट समेत तथ्याङ्क लिने काम भईरहेको छ ।

यसैबीच जिल्लाकै जिरीनगरपालिकाबाट समेत २० ओटा भन्दा बढी मोटरसाईकललाई नियन्त्रणमा लिई सामान्य सोधपुछ पछि छाडिएको नगरपालिकाले जानकारी दिएको छ । पालिकाका अनुसार प्रहरीले ति सवारीसाधनलाई सामान्य सोधपुछ पछि नचलाउन निर्देशन दिँदै छाडे पनि लिखुखोला हाईड्रोपावरको गाडी भने निर्वाधरुपमा संचालन गर्न दिईरहेको छ ।

स्थानीय केन्द्र ज्योति खडकाका अनुसार ति ठूला सवारीसाधनका चालक भारतीय भएको र उनीहरुको स्वास्थ्य चेकजाँचबिनै आयोजना स्थल प्रवेश गराएकाले कोभिड १९ (कोराना भईरस) को संक्रमण उच्च देखिने डर रहेको छ । त्यस्तै गाउँगाउँ जाने साना बोलेरोगाडीसमेत निर्वाधरुपमा संचालन भईरहेको खडकाले जानकारी दिएका छन । यस अघि चितवनबाट प्रहरीले १० जना मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको थियो ।

सरकारले सोमबार गरेका निर्णयानुसार संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रमण रोग ऐन, २०२० अन्तरगत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL