Logo

नेपाललाई चीनको साथ, कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन भन्दै चिनियाँ राजदूतले गरिन यस्तो ट्वीट

नेपाललाई चीनको साथ, कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन भन्दै चिनियाँ राजदूतले गरिन यस्तो ट्वीट



काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका लागि आफूहरुले प्रार्थना गरिरहेको भन्दै यो लडाइँमा नेपाल एक्लो नभएको बताएकी हुन् । उनले सोमबार ट्विटरमार्फत चीन नेपालीहरुको साथमा रहेको उल्लेख गरेकी छन् ।

संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको पनि उनले राजदूत यान्छीले बताएकी छन् । संक्रमण नफैलिनका लागि आफूहरूले प्रार्थना गर्दै चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्