Logo

कोरोना भाईरस संक्रमित १ लाख भन्दा बढी उपचार पछि घर फिर्ता, मृतकको संख्या साढे १६ हजार (अपडेट)

कोरोना भाईरस संक्रमित १ लाख भन्दा बढी उपचार पछि घर फिर्ता, मृतकको संख्या साढे १६ हजार (अपडेट)



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमित १ लाख २ हजार ४ सय २३ जना उपचार पछि घर फर्किसकेका छन ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले संक्रमित भए पनि १ लाख २४ सय २३ जना भने उपचार पछि घर फर्किसकेको निरन्तर लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै सो तथ्याङ्क अनुसार हालसम्मा मृत्यु हुनेको संख्या भने १६ हजार ५ सय २४ जना पुगिसकेका छन । साथै संक्रमितको संख्या भने ३ लाख ७९ हजार ८० जना पुगेको छ । विश्वका १ सय ९५ देशमा फैलिएको उक्त भाईरसले नेपाली समय अनुसार सोमबार बेलुका सम्ममा १५ हजार २ सय ९७ जनाको मृत्यु भएको थियो भने संक्रमितको संख्या ३ लाख ४९ हजार ९० जना पुगेको थियो ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले सबै भन्दा बढी इटालिमा क्षेति भएको छ । हाल सम्ममा इटालिमा ज्यान गुमाउनेको संख्या ६ हजार ७७ जना पुगेको छ भने चीनमा ३ हजार २ सय ७७ जना रहेको छ ।

त्यस्तै स्पेनमा २ हजार ३ सय ११ जना रहेको छ भने इरानमा १ हजार ८ सय १२ जनाले ज्यान गुमाई सकेका छन ।

प्रतिक्रिया दिनुहोस्