Logo

सरकारसँग चामल ३ महिना र १० महिनाको लागि नुन मौज्दात, यस्तो छ चिनी र पेट्रोलियमको स्टक

सरकारसँग चामल ३ महिना र १० महिनाको लागि नुन मौज्दात, यस्तो छ चिनी र पेट्रोलियमको स्टक



काठमाडौं । सरकारले ३ महिनालाई पुग्ने चामल र १० महिनालाई पुग्ने नुन रहेको जानकारी दिएको छ । कोभिड १९ (कोरोना भाईरस) का कारण पछिल्लो समयमा आम उपभोक्ताले खाध्यनको अभाव हुने भन्दै मौज्दात राख्न लागे पछि सरकारले विचलित नहुन र खाध्यनको अभाव नभएको जानकारी दिएका हुन ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले एक सुचना जारी गर्दै ३ महिनालाई पुग्ने चामल, १० महिनालाई पुग्ने नुन, ५ हजार ९ सय ४७ किलोलिटर पेट्रोलियम पदार्थ, ३४ हजार १ सय ७४ किलोलिटर डिजेल, ७ हजार १ सय ७६ किलोलिटर हवाई ईन्धन मौज्दात रहेको जानकारी दिएको हो ।

त्यस्तै अत्यावश्यक रहेको एलपी ग्याँस मासिक कोटा ३८ हजार मेट्रिक टन मार्च महिनाको २३ तारिकसम्म आपूर्ति ३१ हजार २ सय २४ मेट्रिक टन रहेको र निरन्तर आपूर्ति भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्