Logo

सिमानाकामा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिने सरकारको निर्णय, १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइन मा बस्नुपर्ने

सिमानाकामा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिने सरकारको निर्णय, १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइन मा बस्नुपर्ने



काठमाडौं । नेपाल भारतलगायत सीमानाकामा आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेश दिने भएको छ । तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।

सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । भारतबाट आउने नेपालीहरु सिमानामा अलपत्र परेपछि ति नेपालीहरुलाई प्रवेश गर्न दिने भएको हो ।

उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपाल प्रवेश गर्न दिने जानकारी दिएका छन । उनीहरुको स्वास्थ्य परीक्षण गरि १४ दिन होम क्वारेन्टाइनमा बस्न निर्देशन दिईने छ । क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निगरानीमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्