काठमाडौं । सरकारले अबदेखि ६० वर्षभन्दामाथिका वृद्धवृद्धाहरु तथा रुघाखोकीका बिरामीहरुमा कोरोना भाइरसका लक्षण देखिएमा अनिवार्य परीक्षण गर्ने भएको छ । अबदेखि ६० वर्षभन्दामाथिका वृद्धवृद्धाहरुमा कोरोना भाइरसका लक्षण देखिएमा नमुना संकलन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमणको लक्षण देखिँदा मात्र उपचार हुँदै आएकोमा अबदेखि अन्यको पनि नमूना संकलन गर्ने भएको हो ।
मन्त्रालयले विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमणको लक्षण देखिँदा मात्र उपचार हुँदै आएकोमा अबदेखि जेष्ठ नागरिक र दीर्घरोगीहरुमा कुनै पनि लक्षण देखिएमा तुरुन्त नमुना संकलन गर्ने र आइसोलेसनमा राख्ने जनाएको छ ।
मन्त्रालयले जेष्ठ नागरिक, अंग प्रत्यारोपण र ६० वर्षभन्दा माथिकालाई कोरोनाको कुनै पनि लक्षण देखिएमा तुरुन्त कोरोना परीक्षण गरिने जानकारी दिएको छ ।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना प्रभावित क्षेत्रबाट आएका मानिसहरुको मात्र कोरोना परिक्षण गरिँदै आएको थियो । हाल चिकित्सकको निगरानीमा खरिपाटीको क्वारेन्टाइनमा ७२ जना नेपाली र विदेशी नागरिकहरु रहेका छन् ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाका आशंकामा बिरामी टेकु अस्पतालमा मात्रै उपचार हुँदै आएकोमा अबदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बीपी प्रतिष्ठान, धुलिखेल अस्पताल, सशस्त्र प्रहरीको अस्पतालमा उपचारका लागि स्थान तोकिएको जानकारी दिएको छ ।