Logo

भारतबाट ठूलो संख्यामा सर्वसाधरण आउन थालेपछि कैलालीमा अनिश्चितकालीन कर्फ्यु

भारतबाट ठूलो संख्यामा सर्वसाधरण आउन थालेपछि कैलालीमा अनिश्चितकालीन कर्फ्यु



काठमाडौं । भारतबाट सर्वसाधरण जनता आउने क्रम बढेपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) जारी गरेको छ ।

प्रशासनले सोमबार दिउँसो २ बजेपछि लागु हुनेगरि कर्फ्यु लगाएको हो । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले उक्त समयमा सो क्षेत्रमा भिडभाड नगर्न समेत आग्रह गरेका छन । यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्