Logo

नेपाल प्रबेश गर्न नपाए पछि पानीट्यांकी नाकामा ३ सय नेपाली अलपत्र, काँकडभिट्टा नाकामा भारतीय

नेपाल प्रबेश गर्न नपाए पछि पानीट्यांकी नाकामा ३ सय नेपाली अलपत्र, काँकडभिट्टा नाकामा भारतीय



काठमाडौं । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब ३ सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थीहरु रहेका छन् ।

त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि जाँदैछन । जिल्ला ट्रभाल संघ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए/रासस

प्रतिक्रिया दिनुहोस्