Logo

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण भेटियो, परिवारै आईसोलेशनमा राख्ने तयारी

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण भेटियो, परिवारै आईसोलेशनमा राख्ने तयारी



काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस संक्रमित नेपालमा पनि फेला परेको छ । फ्रान्सबाट कतार हुँदै आएकी एक १९ वर्षीया युवतीमा संक्रमण फेला परेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन ।

उनले सोमबार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै उक्त जानकारी दिएका हुन । उनको टेकु अस्पतालमा गरेको स्वास्थ्य परिक्षण पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्री ढकालले जानकारी दिएका हुन । मन्त्री ढकालले भने, ‘हिजो बेलुका आएको रिपोर्टमा फ्रान्सबाट आएकी एकजना युवती मा कोरोना पोजिटिभ देखियो ।’ ती संक्रमित विद्यार्थीको परिवारलाई पनि आइसोलेशनमा राख्ने तयारी गरिएको उनले जानकारी दिए ।

मन्त्री ढकालले भने, ‘उहाँसँगै आउनुभएको साथीहरुको बारेमा पनि जानकारी लिने काम जारी छ ।’ यसभन्दा अघि नेपालमा एकजनामा संक्रमण देखिएको भएपनि उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । फ्रान्स कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राष्ट्रमध्ये एक हो । त्यहाँ १६ हजार १८ जना कोरोनाबाट संक्रमित छन भने ६ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्