Logo

लामाे दुरीका सार्वजनिक सवारीसाधनमा प्रतिबन्धसँगै सुनसान नयाँ बसपार्क (फाेटाेफिचर)

लामाे दुरीका सार्वजनिक सवारीसाधनमा प्रतिबन्धसँगै सुनसान नयाँ बसपार्क (फाेटाेफिचर)



काठमाडौं । विश्वमा फैलिएको कोरोना भाईरस(कोभिड १९) प्रकोप रोकथामका लागि सरकारले आजैदेखि लामो दुरीका सवारीसाधनहरुमा प्रतिबन्ध लगाएको छ । सोही अनुसार काठमाडौंबाट पछिल्लो ४ दिनमा ७ लाख ५ हजार जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंबाट मानिसहरु बाहिर गएपछि काठमाडौं त खाली छ नै नयाँ बसपार्क भने पुरै शुन्यप्राय भएको छ । पछिल्लो अपडेट गराउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीहरुले सरकारको कदमलाई सह्रानीय ठान्दै लामो दुरीका सवारीसाधनहरु बन्द गरेको बताए ।

लामो दुरीका सार्वजनिक सवारीसाधनलाई काठमाडौं बाहिर पठाउँदा नयाँ बसपार्क शुन्य भएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्