Logo

लामोदूरीका सवारीसाधन आजबाट बन्द, काठमाडौं उपत्यकासमेत सुनसान

लामोदूरीका सवारीसाधन आजबाट बन्द, काठमाडौं उपत्यकासमेत सुनसान



काठमाडौं । सरकारले आजदेखि लामो दूरीका सवारी साधन चलाउन रोक लगाएको छ । कोभिड १९ (कोरोना भाईरस) संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लामो दूरीको सवारीसाधन संचालनमा रोक लगाएको हो ।

सरकारले कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराएको हो । सरकारले लामो दूरीको सवारी साधनमा रोकलगाएसँगै काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन समेत पातलिएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।

सरकारले अत्यवश्यकबाहेकका ठूला सपिङ मल, होटल रेष्टुराँ, डान्सबारलगायतका मानिस भीडभाड हुने क्षेत्र बन्द गराईसकेका छन । त्यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तरराष्ट्रिय उडानहरु समेत बन्द गराएको छ ।

त्यस्तै सरकारले आजैबाट चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु समेत पूर्णरुपमा एक हप्ताको लागि बन्द गराएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL