Logo

कोरोना रोकथाममा सांसद दिव्यमणिको आर्थिक सहयोग, कोरोना कोषमा ५ लाख

कोरोना रोकथाममा सांसद दिव्यमणिको आर्थिक सहयोग, कोरोना कोषमा ५ लाख



काठमाडौं । विश्वब्यापीरुपमा फैलिरहेको कोरोना भाईरस रोकथामका लागि सांसद दिव्यमणि राजभण्डारीले सरकारलाई ५ लाख रुपैयाँ दिएका छन । आइतवार बसेको मन्त्रिपरिषद बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेसँगै सांसद राजभण्डारीले उक्त रकम दिएका हुन ।

नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी आफ्नो व्यक्तिगत तवरवाट सामाजिक उत्तरदायित्वअन्तरगत ५ लाख रुपैयाँ प्रदान गर्दै सांसद राजभण्डारीले धनि, गरिव, जात, थर, धर्म या पार्टी नभनी एक भइ महामारीसँग जुध्न र सवैलाइ दिल खोलेर आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेका छन ।

अहिले विश्वमा फैलिएको उक्त भाईरसका कारण १४ हजार बढीले ज्यान गुमाईसकेका छन भने ३ लाख भन्दा बढी उक्त भाईरसको संक्रमणमा परेका छन ।

प्रतिक्रिया दिनुहोस्