Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार बढी, निको हुनेको संख्या लाख नजिक

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार बढी, निको हुनेको संख्या लाख नजिक



काठमाडौं । विश्वमा कोभिड १९ (कोरोना भाईरस)को संक्रमणमा परि १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएका छन ।

निरन्तर लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्क अनुसार सोमबार बिहानसम्ममा १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएका हुन । उक्त तथ्याङ्क अनुसार हाल संक्रमितको संख्या भने ३ लाख ३७ हजार ५ सय ३३ जना पुगेको छ । आईतबार बिहानसम्म संक्रमितको संख्या ३ लाख ८ हजार २ सय ५७ जना मात्रै रहेको थियो ।

त्यस्तै माहामारीको रुप लिएको कोभिड १९ बाट ९८ हजार ८ सय ८४ जना निको भएर घर फर्किसकेका छन । आईतबार बिहानसम्म घर फर्कनेको संख्या ९५ हजार ८ सय २७ जना रहेको थियो ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले सबै भन्दा बढी इटालिमा मृत्यु भएको छ । इटालिमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ जना रहेको छ भने उद्गमस्थल चीनमा ३ हजार २ सय ७० जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै तेस्रोमा रहेको स्पेनमा १७ सय ७२ जनाले ज्यान गुमाईसकेको छ । आईतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ८१ जना रहेको थियो । आईतबार बिहानसम्म इरानमा १५ सय ५६ जनाले ज्यान गुमाएको थियो भने सोमबार बिहानसम्ममा उक्त संख्या बढेर १६ सय ८५ जना पुगेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्