Logo

विदेशबाट आउने अत्यावश्यक बस्तुहरु २ घण्टाभित्रै जाँचपास गर्न निर्देशन

विदेशबाट आउने अत्यावश्यक बस्तुहरु २ घण्टाभित्रै जाँचपास गर्न निर्देशन



काठमाडौं । सरकारले विभिन्न भन्सार कार्यालयहरुलाई विदेशबाट आउने अत्यावश्यक बस्तुको जाँचपास छिटो गर्न निर्देशन दिएको छ । भन्सार विभागले आईतबार एक सुचना जारी गर्दै विभिन्न भन्सार नाकामा अत्यावश्यक बस्तुको २ घण्टामै जाँचपास गरी पठाउन निर्देशन दिएको हो ।

विभागले विदेशबाट पैठारी हुने मास्क, सेनिटाईजर, सर्जिकल ग्लोभ्स, खाद्यान्न लगायतका बस्तुहरुलाई सकेसम्म चाँडो जाँचपास गराउन निर्देशन दिएको हो ।

विभागकाले अत्यावश्यक बस्तुमा भने मास्क, सेनिटाईजर, सर्जिकल ग्लोभ्स, औषधि तथा यसको कच्चा पदार्थका साथै दैनिक उपभोग्यका वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत) र व्यक्तिगत सुरक्षाका सामानहरुलाई प्रमुख प्राथमिकतमा राख्न राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL