Logo

डाक्टर तथा विधार्थीलाई कोरोना रोकथाममा परिचालन गर्न मन्त्रालयको निर्देशन, नीजि मेडिकल कलेजलाई सहयोगको आग्रह

डाक्टर तथा विधार्थीलाई कोरोना रोकथाममा परिचालन गर्न मन्त्रालयको निर्देशन, नीजि मेडिकल कलेजलाई सहयोगको आग्रह



काठमाडौं । सरकारले सबै प्रदेशमा सरकारको छात्रवृत्तिमा अध्ययन गरिरहेका एमबीबीएसका विद्यार्थी तथा चिकित्सकहरुलाई काममा परिचालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार उक्त निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार सरकारको छात्रवृत्तिमा अध्ययन गरिरहेका र अध्ययन पश्चात काममा लागेका विद्यार्थीहरुलाई कोरोना भाईरसको रोकथामका लागि आवश्यक उपचारमा खटाउने निर्णय गरिएको हो ।

मन्त्रालयले ४ बुँदे निर्देशन गर्दै विभिन्न प्रदेशलाई आफ्ना प्रदेशमातहत रहेका मेडिकल कलेज, स्वास्थ्य चौकीलगायतमा कोरोनाको जोखिमका लागि तयारी रहनसमेत निर्देशन दिएको छ । उक्त निर्देशनको बुँदा नम्बर ४ मा भने प्रदेशअन्तर्गत रहेका विभिन्न मेडिकल कलेजहरुमा समन्वय गरी एमबीबीएसका विद्यार्थीलाई काममा परिचालन गर्न समेत निर्देशन दिईएको छ ।

मन्त्रालयअन्तर्गतका नीति, योजना तथा अनुगमन महाशाखा, आपत्कालीन तथा विपद् व्यवस्थापन ईकाई, स्वास्थ्य सेवा विभाग, टेकु तथा प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपाललाई पनि उक्त पत्रमाथी मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL