Logo

११ महिनामा १४ अर्व रुपैयाँको चामल आयात

११ महिनामा १४ अर्व रुपैयाँको चामल आयात


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ साउन,काठमाडौं । कृषिप्रधान देशका रुपमा  चिनिए पनि नेपालमा हरेक बर्ष विदेशबाट चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा विभिन्न छुट तथा सहुलियत दिइरहँदा चामल आयात भने घट्नुको सट्टा बढ्दै गएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको ११ महिनामा १३ अर्व ७४ करोड ३७ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

यो अघिल्लो  आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । अघिल्लो आवको ११ महिनामा नेपालमा ११ अर्व ७ करोड ७१ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । त्यस्तै  २०७०\७१ मा ७ अर्व ९६ करोड २९ लाख रुपैयाँको चामल आयात भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  तथ्यांक अनुसार नेपालमा बार्षिक रुपमा चामलको आयातमा बृद्धि हुँदै गएको छ ।

नेपालमा विशेषगरी भारतबाट चामल आयात गदिै आएको छ ।

मागअनुसारको चामल उत्पादन नभएकोले प्रति बर्ष आयातमा बृद्धि भएको सरोकारबालाहरु बताउँछन् । यो तथ्यांक भन्सार हुँदै आउने चामलको तथ्यांक हो । अबैधानिक बाटोबाट आउने चामलको समेत हिसाव गर्दा नेपालमा मासिक २ अर्व बराबरको चामल आयात हुने गरेको विञहरु बताउँछन् ।

बार्षिक करिव ५ लाख युवा बैदेशिक रोजगारीमा जाने हुँदा काम खेत तथा बारी बाँझै रहने गरेको छ । त्यस्तै कृषिमा संलग्नहरुले पनि चामलको उत्पादन छाडेर नगदेबाली तिर आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL