Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाध्यो, संक्रमित ३ लाखभन्दा बढी (अपडेट)

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाध्यो, संक्रमित ३ लाखभन्दा बढी (अपडेट)



काठमाडौं । विश्वमा माहामारीको रुप लिएको कोभिड १९ (कोरोना भाईरस) का कारण १३ हजार ६८ जनाले ज्यान गुमाईसकेका छन ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरस आईतबारसम्ममा विश्वका १ सय ८८ देशमा फैलिसकेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार हालसम्म ३ लाख ८ हजार २ सय ५७ जना कोरोना भाईरसबाट प्रभावित भएका छन भने ९५ हजार ८ सय २७ जना निको भएर घर फर्किसकेका छन ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले चीनमा ३ हजार २ सय ६१ जनाको ज्यान गएको छ भने इटालीमा मृतकको संख्या ४ हजार ८ सय २५ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै इटालि पछि इरानमा १५ सय ५६ जनाले ज्यान गुमाईसकेको छ भने स्पेनमा १ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ ।

उपत्यकाका होटल क्वारेन्टाईन बनाउन दिने ब्यवसायीहरुको घोषणा, आवश्यक परे देशभरीकै होटल उपलब्ध गराउने

प्रतिक्रिया दिनुहोस्