Logo

सञ्चारकर्मीलाई घरबाटै कामकाजको व्यवस्था मिलाउन पत्रकार महासंघको आग्रह

सञ्चारकर्मीलाई घरबाटै कामकाजको व्यवस्था मिलाउन पत्रकार महासंघको आग्रह



काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन, सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।

उनले बैठकमा कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह समेत गरिएको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL