Logo

नेप्सेको वेवसाइटमा समस्या, २ दिनपछि नयाँ सर्भरमा

नेप्सेको वेवसाइटमा समस्या, २ दिनपछि नयाँ सर्भरमा


रामराजा श्रेष्ठ
0
Shares

नेपाल स्टक स्क्सचेन्जजले आफ्नो आधिकारी वेवसाइट संचालनका लागि नयाँ सर्भर जडान गर्ने भएको छ । पछिल्ला २ दिनमा नेप्सेको वेवसाइट खुल्नमा समस्या आएपछि नेप्सले नयाँ सर्भर जडान गर्न लागेको हो । ‘पछिल्ला २ दिनमा हाम्रो वेवसाइटमा अत्याधिक भार पर्न गई पेज खुल्नमा समस्या देखा परेको छ,’ नेप्सेद्वारा विज्ञप्तीमा उल्लेख छ । साथै, नेप्सेले त्यसबाट सर्वसाधारणमा पर्ने भएको असरप्रति क्षमा मागेको छ ।

नेप्सेले आफ्नो आधिकारीक वेव साइटका लागिग छुट्टै २ दिनभित्र छुट्टै सर्भर जडान गरी सहज रुपमा संचालनमा ल्याउने समेत जानकारी गराएको छ । नयाँ सर्भर जडनका लागि सामान आइसकेको र २ दिनभित्रै जडान गरिसक्ने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL