Logo

कोरोना विरुद्धको संयुक्त कोषमा नेपालले १० करोड योगदान गर्ने

कोरोना विरुद्धको संयुक्त कोषमा नेपालले १० करोड योगदान गर्ने



काठमाडौं । नेपालले सार्क राष्ट्र कोरोना विरुद्धको संयुक्त कोषमा १० करोड रुपैयाँ योगदान गर्ने भएको छ । केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको उक्त कोषमा १० करोड योगदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

उनले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त कोषमा रकम योगदान गर्ने बताएका हुन । केहिदिन अघि भारतीय प्रम मोदीले सार्क राष्ट्र प्रमुखहरुको भिडियो कन्फ्रेन्समा कोरोना संक्रमण रोकथामका लागि भन्दै उक्त कोषको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL