Logo

कोरोना त्रासले काठमाडौं छाड्ने बढे, ३ दिनमा ४ लाख बाहिरिए, सुनसान बन्दै काठमाडौंका सडक

कोरोना त्रासले काठमाडौं छाड्ने बढे, ३ दिनमा ४ लाख बाहिरिए, सुनसान बन्दै काठमाडौंका सडक



काठमाडौं । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सन्त्रासका कारण काठमाडौं छाड्नेको संख्या बढेको छ । चीनबाट फैलिएको उक्त भाईरसका कारण हालसम्म विश्वभरी १० हजार ५० जनाको मृत्यु भईसकेको छ भने, २ लाख ५६ हजार बढी संक्रमित छन । पछिल्लो समय विश्वका यस्ता समाचार लगातार आईराख्दा नेपालीहरुमा समेत यसको डर पैदा भएको छ ।

नेपालमा कोरोना भाईरसको संक्रमण हालसम्म १ जनालाई देखिएको र उक्त केस पनि नियन्त्रण भईसकेको सरकारको दावी छ । सरकारले नेपालमा कोरोनाको जोखिम नभएको बताईरहेपनि यसप्रति सचेत हुन भने निर्देशन दिईरहेको छ ।

जसको पछिल्लो उदाहरण हो एसईई देखि सवै परीक्षा स्थगितलगायतका विभिन्न निर्णयहरु । सरकारका यी निर्णयहरुका कारण पछिल्लो समय काठमाडौंबासीहरु काठमाडौं छोडेर आफ्नो थातथलो जाने क्रम बढेको छ ।

पछिल्लो ३ दिनमा मात्रै करिब ४ लाख बढीले काठमाडौं छोडिसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार पछिल्ःलो समय काठमाडौं छोडेर बाहिरिने यात्रुहरुको चाप बढेपछि टिकट वितरणमा भने केही असहज अवस्था सिर्जना भएको छ ।

उनले यात्रुहरुलाई आत्तियर एउटै गाडीमा धेरे यात्रुहरु चढेर गन्तव्यमा नजान र संयमित भएर यात्रा गर्न अनुरोधसमेत गरेका छन । ‘यो दशैंजस्तो होईन समयमै नपुगे आशिर्वाद थाप्न नपाईएलाकी भनेर हतार गरिराख्नुपर्दैन,’ उनले भने, ‘त्यसैले यात्रुहरुले टिकट नपाएको खण्डमा संयमित भईदिन अनुरोध गर्दछु ।’

उनले टिकट आज नपाईए भोली पाईने भएकाले टिकट नपाउने अवस्था नरहेको समेत बताए । तर कतिपय यात्रुहरुले भने गन्तव्यमा पुग्नका लागि पर्सीको लागि मात्रै टिकट पाईएको बताएका छ । यस्तै पछिल्लो समय काठ्माडौं जुम्ला सडकखण्डका लागि टिकट भने शनिबारसम्मका लागि बुक भईसकेका छन भने अन्य रुटका टिकटको अवस्था पनि त्यस्तै छ ।

आगामी केही दिन अझै ६ देखि ७ लाख काठमाडौंबासी काठमाडौं छोडेर जाने अनुमान गरिएको उनको भनाई छ ।

काठमाडौंका सडक शुन्य

कोरोना भाईरसको प्रभाव विश्वमा बढिरहेका बेला काठमाडौंका सडकसमेत शुन्यजस्तै भएका छन । सँधैजसो भरीभराउ हुने काठमाडौंका सडकमा शुक्रबार भने १० प्रतिशत सवारीसाधन मात्रै गुडिरहेका ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । शुक्रबार अफिस समयमा काठमाडौंका धेरैजसो चोकहरुमा हुने ट्राफिक जाममा समेत निकै कमि आएको ट्राफिकहरुको भनाई छ ।

पछिल्लो समय काठमाडौं छोडेर बाहिर जाने यात्रुहरुको संख्यामा कमी आउँदा र सरकारले रुट परमिट खोलिदिएपछि प्राय सार्वजनिक बसहरु बाहिर गुड्दा काठमाडौंका सडक खालि भएका हुन ।

प्रतिक्रिया दिनुहोस्