Logo

कोरोना कहर : अनिश्चितकालका लागि मापासे चेकिङ स्थगित

कोरोना कहर : अनिश्चितकालका लागि मापासे चेकिङ स्थगित



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण नेपाल प्रहरीले सवारीसाधनका चालकलाई अनिश्चितकालका लागि मापासे चेक नगर्ने भएको छ ।

ट्राफिक प्रहरीका अनुसार उक्त भाईरस सर्ने डरका कारण सवारी साधन चालकलाई मदिरा पदार्थ सेवनको चेकिङ अनिश्चितकालका लागि स्थगित गर्ने भएको हो ।

प्रहरीले पहिला जस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । यद्यपी प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुने छ ।

प्रहरीले असहज अवस्थामा चालकहरुले यसरी मदिरा पदार्थ सेवन गरेर सवारी नचलाउनेमा सचेतना अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्