Logo

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे १ लाख विरामीको अवस्था सामान्य

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे १ लाख विरामीको अवस्था सामान्य



काठमाडौं । विश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण १० हजारभन्दा बढीले ज्यान गुमाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार ५० जना पुगेको हो ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरस अहिले विश्वका १ सय ८२ देशमा फैलिसकेको छ । गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ५० मानिसको ज्यान गएको छ । त्यसतै हालसम्म उक्त भाईरसका कारण २ लाख ४५ हजार ६ सय ५२ जनामा संक्रमित देखिएको छ भने ८८ हजार ४ सय ३७ जना निको भएर घर पर्किसकेका छन ।

चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो । थ्याङ्कअनुसार १ लाख ३९ हजार ७ सय ८७ जना विरामी सामान्य रहेका छन भने ७ हजार ३ सय ७८ जनाको अवस्था चिन्ताजनक रहको छ ।

प्रतिक्रिया दिनुहोस्