Logo

हिसान मातहतका सबै स्कुल कलेज बन्द, क्वारेन्टाइनको लागि सरकारलाई ५ हजार कोठा र स्वयंसेवक उपलब्ध गराउने

हिसान मातहतका सबै स्कुल कलेज बन्द, क्वारेन्टाइनको लागि सरकारलाई ५ हजार कोठा र स्वयंसेवक उपलब्ध गराउने



काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले देशभरका सम्पुर्ण शैक्षिक सस्थांहरूमा परीक्षालगायत अन्य गतिविधिहरू स्थगित गर्ने निर्णय गरेको छ ।

हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले हिसान मातहतका देशभरका सम्पुर्ण शैक्षिक सस्थांहरूमा परीक्षालगायत अन्य गतिविधिहरू स्थगित गर्ने निर्णय भएको जानकारी दिए । शर्माका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन हिसानले यस्तो निर्णय लिएको हो ।

यस्तै हिसानले नेपाल सरकारलाई आवश्यक पर्दा हिसान मातहतका शैक्षिक संस्थाका ५ हजार कक्षाकोठा र स्वयमसेवक उपलव्ध गराउन निर्णय पनि गरेको छ । सरकारले यसअघि नै सबै स्कूल कलेज बन्दको निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्