Logo

नेपाल लाइफ ईन्स्योरेन्सको प्रवक्तामा सन्तोष प्रसाईं नियुक्त

नेपाल लाइफ ईन्स्योरेन्सको प्रवक्तामा सन्तोष प्रसाईं नियुक्त



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ प्रवक्तामा नियुक्त भएका छन । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १७ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL