Logo

दक्षिण कोरियाको ८० करोड अनुदान सहयोग, कृषिको विकासमा खर्च गरिने

दक्षिण कोरियाको ८० करोड अनुदान सहयोग, कृषिको विकासमा खर्च गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ साउन, काठमाडौ । दक्षिण कोरियाले दिगो नेपाललाई अनुदान स्वरुप ८० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गर्न सो रकम दिन लागेको हो । साथै, सो रकमले ग्रामीण भेगका बासिन्दाको आय बढाउनेतथा समावेशी विकास परियोजना कार्यान्वयनमा सहयोग पर्याउने उल्लेख छ ।

कोरियाले उपलब्ध गराएको सो रकम नवलपरासी जिल्लामा कार्यान्वयन गरिने छ । सो रकम उक्त जिल्लाका कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा कार्यक्रममा खर्च हुने छ । परियोजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग (कोइका)ले संयुक्त रुपमा कार्यान्वयनमा ल्याउने छ ।

अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले हस्ताक्षर गरेका हुन् ।

त्यस अवसरमा राजदूत चोले भूकम्पपछिको पुनःनिमाणमा कोरियाली सहायताको प्रतिबद्धता दोहोर्याउँदै दिगो कृषि विकास र आयआर्जनका कार्यक्रम कार्यान्वयन गर्न निरन्तर सहयोग गर्ने बताए ।

सचिव शर्माले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको आथिर्क सामाजिक सम्बउृद्धिका लागि प्राप्त कोरियाली सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL