Logo

विदेशी विनिमय मुद्दाका फरार शेर्पा पक्राउ, साढे ६८ लाख तिर्न नसके पछि जेल

विदेशी विनिमय मुद्दाका फरार शेर्पा पक्राउ, साढे ६८ लाख तिर्न नसके पछि जेल



काठमाडौं । विदेशी विनिमय मुद्दामा फरार रहेका साङ्डोमा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी घर भएकी शेर्पालाई आईतबार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिएका छन ।

सिन्धुपाल्चोक अदालतको २०७१ साउन २० गतेको फैसलाले उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ ६० पैसा जरिवाना गरेको थियो । उक्त फैसला पछि नीज प्रतिवादी उक्त सजाय वेरुजु रही फरार भएकाले खोजीकार्य तिब्र बनाई उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी शेर्पालाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतको आदेशले निजलाई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्