Logo

भारतले आफ्नो सिमा नाका बन्द गर्याे, विदेशी भिषा समेत रद्ध

भारतले आफ्नो सिमा नाका बन्द गर्याे, विदेशी भिषा समेत रद्ध



काठमाडौं । भारत सरकारले आफ्ना सिमा नाका बन्द गरेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई विश्व स्वास्थ्य संगठनले समेत महामारीको रुपमा घोषणा गरेपछि भारतले आफ्ना सिमा नाका बन्द गरेको हो ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस भारतलगायत १ सय १५ भन्दा बढी देशमा फैलिसकेको छ । भारतमा मात्रै बुधबारसम्म ४५ जना यसको संक्रमित पत्ता लगाईएको भारतका केही संचारमाध्यमहरुले उल्लेख गरेका छन ।

सोही कारणले भारत सरकारले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी आफ्ना सिमानाकाबाट कसैलाई भित्रिन नदिने निर्णय गरेको हो ।

भारत सरकारले विदेशी भिषा समेत १ महिनाका लागि रद्ध गरेको संचारमाध्यमहरुले उल्लेख गरेका छन । संचारमाध्यमका अनुसार गत राति सबै मन्त्रालयका उच्च पदस्थहरुको बैठकले उक्त निर्णय गरेको हो ।

जसमा आगामी १ महिनाका लागि विदेशी पर्यटकलाई भारत प्रवेशमा रोक लगाईएको छ । तर नेपालीलाई प्रवेश दिने की नदिने भन्ने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL