Logo

एफवान सफ्टले गर्यो ‘क्वीक भुक्तानी’ का प्रथम प्रयोगकर्तालाई सम्मान, मेगा बैंक, हामा र बिएल स्टील सम्मानित

एफवान सफ्टले गर्यो ‘क्वीक भुक्तानी’ का प्रथम प्रयोगकर्तालाई सम्मान, मेगा बैंक, हामा र बिएल स्टील सम्मानित



काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ताहरुलाई सम्मान गरेको छ । एफवानले अनलाइन इनभ्वाईस डिस्काउन्टिङ प्लाटफर्मको सुरुगरेसँगै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीको रुपमा बिएल स्टील प्रालि रहेका छन ।

‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इनभ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउँदछन । साथै एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।

‘क्वीक भुक्तानी’ अनलाईन प्लेटफर्ममार्फत बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता, सामान तथा सेवा लिने कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउने काम गर्दछ । सप्लायरले प्लाटफर्र्र्र्म प्रयोग गरी आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउनेछन । त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउने ब्यवस्था रहेको एफवानले जानकारी दिएको छ ।

हाल क्वीक भुक्तानी प्लेटफर्र्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा रहेको छ । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ सान्दर्विक र लाभदायक हुने विश्वास एफवान सफ्टले लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्