Logo

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी कार्यक्रम सम्पन्न, लिडरहरुको क्षमता अभिवृद्धि गराउने

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी कार्यक्रम सम्पन्न, लिडरहरुको क्षमता अभिवृद्धि गराउने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा ४ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले एमडीआरटी के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा एमडीआरटीमा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडर तथा उक्त लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान गरेको कम्पनीले जानकारी दिएका छन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा कम्पनीको हर प्रयास रहने बताए । साथै उनले त्यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL