Logo

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, प्रतितोला ८२ हजार ३ सयमा कारोबार हुँदै

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, प्रतितोला ८२ हजार ३ सयमा कारोबार हुँदै



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार ८२ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ८२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले घटेर ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने मंगलबारकै मूल्यमा बिक्री भईरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्