Logo

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र कर्मचारी युनियनमा नयाँ समिति, अध्यक्षमा खत्री निर्वाचित

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र कर्मचारी युनियनमा नयाँ समिति, अध्यक्षमा खत्री निर्वाचित



काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडअन्तर्गत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षमा बलराम खत्री चुनिएका छन् ।

युनियनको पाँचौँ महाधिवेशनबाट अध्यक्ष खत्रीसहित १७ सदस्यीय टोली निर्विरोध निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा वसन्तराज कार्की, नानीबाबु आचार्य, राजकुमार कुशवाह र दीपक पन्थी तथा महासचिवमा नरेशकुमार थापा छन् ।

त्यसैगरी युनियनका सचिवमा दन्तकेशरी दाहाल र कोषाध्यक्षमा मुना लामिछाने छन्। सदस्यमा कर्मालाल योञ्जन, नवीन पौडेल, शिला घिमिरे, उमेश भट्टराई, विष्णुराज जिसी, कुशल अधिकारी र हेरम्ब न्यौपाने छन् । बाँकी दुई सदस्य भने आगामी दिनमा मनोनयन गरिने युनियनका निर्वाचित महासचिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL