Logo

सेजनको साधारणसभा भदौ ११मा हुँदै , ५ गतेभित्र सदस्यता नविकरण गर्न आग्रह

सेजनको साधारणसभा भदौ ११मा हुँदै , ५ गतेभित्र सदस्यता नविकरण गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ साउन,काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभा भदौ ११ गते हुने भएको छ ।

सेजनको मंगलबार बसेको कार्यसमिति बैठकले भदौ ११ गते साधारणसभा गर्ने निर्णय गरेको हो । त्यस्तै भदौ ५ गते भित्र साधारण सदस्यहरुको सदस्यता नवीकरण गर्न पनि आग्रह गरेको छ ।

आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वमा सदस्यको दाबी विरोधका लागि ८ र ९ गतेको समयावधि तोक्ने निर्णय पनि मंगलबारको बैठकले गरेको छ । सेजनले भदौ १० गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL