Logo

प्रदेश सिमाङ्कन उत्तर दक्षिण, राष्ट्रिय जनावर गैडा, धर्मको टुङ्गो जनमत संग्रहबाट

प्रदेश सिमाङ्कन उत्तर दक्षिण, राष्ट्रिय जनावर गैडा, धर्मको टुङ्गो जनमत संग्रहबाट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ साउन, काठमाडौं  । प्रदेशको सिमाङ्कन उत्तर दक्षिण हुनुपर्ने बताएका छन् । संविधानको प्ररम्भिक मस्यौदा माथी रायसुझाव लिने क्रममा जनताहरुले सो कुरा बताएका हुन् ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा भएका अधिकांश कार्यक्रममा जनताहरुले सो सुझाव दिएका छन् । राष्ट्रिय अखंडता कायम राखी हालको संरचनालाई काय राख्नका लागि पनि उत्तर दक्षिण गरेर सिमाङ्कन गर्नुपर्ने बताएका हुन् ।

त्यसैगरी उनीहरुले राष्ट्रिय जनावरमा गैडा राख्न समेत सुझाव दिएका छन् । हाल भइरहेको राष्ट्रिय जनावर गाइलाई राजनीतिक दलले आफ्नो लागोको रुपमा प्रयोग गरेकाले लोपउन्मुख गैडालाई राष्ट्रिय जनावर बनाउन सुझाव दिएका छन् । कुनै धर्म विशेषसँग जोडेरभन्दा पनि लोपउन्मुख हुन लागेको गैडालाई राष्ट्रिय जनावर बनाउँदा उत्तम हुने उनीहरुको भनाइ थियो ।

सुझाव संकलनको क्रममा धर्मको टुङ्गो लगाउन जनमत संग्रहमा जान सुझाव दिएका छन् । हाल धर्मको नाममा धेरै विरोध भइरहेकाले त्यसलाई जनमत संग्रहबाटै टुङ्ग्याइनुपर्ने उनीहरुको सुझाव छ ।

यस्तै राष्ट्र प्रमुख समेत जनताबाट निर्वाचित हुनुपर्ने बताएका छन् भने वडा अध्यक्ष समते जनताबाटै चुनिनुपर्ने उनीहरुको सुझाव छ ।

सुझाव संकलनको क्रममा सभासद हुनका लागि न्युनतम शैक्षिक योग्यता तोक्नुपर्ने बताएका छन् । कुनै पनि व्यक्ति सभासद् हुनका लागि कम्तीमा स्नातकसम्मको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था गर्नसमेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL